14 houses gutted in the fire in Tehrathum

RSS/NEPALNEWS
2023 FEB 25, 7:14

https://nepalnews.com/s/nation/14-houses-destroyed-in-tehrathum-fire


A total of 14 houses in Hattikharka were completely damaged due to the fire that broke out in Chuhandanda in Atharai-6 on Friday. Local 50-year-old Yangdolma Tamang was injured in the fire and is undergoing treatment in Phidim.

Out of the 14 houses, five houses were vacant, said Ward Chair Krishna Baskota. As a result, 41 members of nine families have been displaced by the fire. All food stock and clothes in the house were burnt to ashes.

Livestock in the sheds of the locals were also charred to death.

The fire started from the forest on the banks of Tamor river and got out of control after entering the human settlement, said Chair of Atharai Rural Municipality Dilkumar Pahim.

The fire in the forest is not yet under control. Fire brigade, police and local residents of Phidim Municipality are working to put out the fire, as it poses risk to other human settlements nearby.

………..

तेह्रथुमको आगलागी १२ घन्टापछि नियन्त्रणमा


फाल्गुन १३, २०७९चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका–६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरू भएको आगलागी १२ घन्टापछि नियन्त्रणमा आएको छ । पाँचथरको फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको निरन्तर प्रयास पछि शनिबार बिहान ३ बजे आगलागी नियन्त्रणमा आएको हो । आगलागीबाट चुहानडाँडास्थित हातिखर्कको तल्लो बस्ती सखाप भएको छ । आगलागीमा परी १४ घर जलेर पूर्णरूपमा क्षति भएको वडाध्यक्ष कृष्ण बास्कोटाले वताए ।

 

आगो निभाउने क्रममा स्थानीय ५० वर्षीया याङडोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको पाँचथर सदरमुकाम फिदिम अस्पतालमा उपचार हुँदै छ । तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घरमध्ये ९ घरमा मानिस बस्दै आएको र बाँकी ५ घर खाली रहेका थिए । आगलागीपछि ९ परिवारका ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परि सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।

दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुभास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घर, अन्नपात र लत्ताकपडा जलेका छन् । राईबहादुर तामाङ, डिकमान तामाङ, शंकर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयका गोठमा बाँधिएका पशुचौपाया पनि जलेर मरेका छन् । जलेर मरेका पशुवस्तुको तथ्यांक लिने काम अहिले चलीरहेको चुहानडाँडा प्रहरीचौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेले जानकारी दिए ।

तमोर नदी किनारको जंगलबाट सुरूभएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले वताए । घटनास्थलमा प्रहरी र स्थानीय जनप्रतिनिधिले क्षतिको विवरण लिने काम गरिरहेका छन् ।